
कपिलवस्तु, ७ वैशाख। प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाका ३४ वर्षीय श्याम भन्ने सुरज कुँवर रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुुसार, इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले बुद्धभूमि नरपालिका-९ डुमरास्थित उनको घरको कोठाबाट मेड इन चाइना लेखिएको एक थान पेस्तोल बरामद गरेको हो।
पक्राउ परेका आरोपीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

