
काठमाडौं,८ बैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ-नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए।
Advertisement

Advertisement
Advertisement

‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’

