
भैरहवा । लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवा र सिटी अस्पतालको प्राविधिक सहयोगमा ओमसतिया गाउँपालिका-१ ठुटिपिपलस्थित गरिएको चेकजाँचको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई नियन्त्रणमा लिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा साना तथा ठूला सवारी साधनका चालकहरुलाई मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण गर्दा ८ जना चालक लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका थिए।
उनीहरुलाई नियन्त्रणमा लिएर उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

