
भैरहवा, १२ बैशाख । रुपन्देही प्रहरीले लागुऔषध ओसारपसार र सेवन गर्ने आरोपमा २० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा लागुऔषध ओसारपसार र सेवन गर्ने २० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
Advertisement

Advertisement
Advertisement

तर, नियन्त्रणमा लिइएको व्यक्तिको नाम, थर, वतन भने सार्वजनिक गरिएको छैन । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

