
भैरहवा,१४ बैशाख । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट थप ८३ जनालाई नियन्त्रणमा लिएको छ ।
यसअघि प्रहरीले शनिवार जिल्लामा विशेष स्वीप अपरेशन चलाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै दुई घण्टामा १०३ जनालाई नियन्त्रणमा लिएको थियो ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटका अनुसार, आईतबार बेलुका ६ बजेदेखि राती १० बजेसम्म (४ घण्टा) चलाइएको स्वीप अपरेशन अन्र्तगत जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका ८३ जनाहरुले पनि शान्ति सुरक्षामा खलल पुर्याएको रुपन्देही प्रहरीको दावी छ । शनिवार र आईतबार गरी नियन्त्रणमा लिइएका १८६ जनाको नाम, थर, वतन भने प्रहरीले सार्वजनिक गरेको छैन ।
नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई अपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

