


लुम्बिनी,१४ बैशाख । रुपन्देही प्रहरीले कर्तव्य ज्यान (हत्या) मुद्दाको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
गत चैत २२ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ निपनिया स्थित आफ्नै घरमा १४ वर्षीय सुरज चाई मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, घटनाको अनुसन्धानका क्रममा सुरज चाईको हत्या गरी शव झुण्ड्याइएको खुलेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीले घटनामा संग्लन दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जनाको नाम,थर, वतन प्रहरीले सार्वजनिक गरेको छैन।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

