
भैरहवा,१४ बैशाख । रुपन्देही प्रहरीले बुवाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, गत बैशाख ११ गते कञ्चन गाउँपालिका–४ बेलडाँडामा पक्राउ परेका छोरा २४ वर्षीय सुनिल थारुले ५८ वर्षीय बुवा जंगबहादुर थारुको घाँटी अठ्याएर बेहोस भएपछि फरार भएका थिए ।
Advertisement

Advertisement
Advertisement

बेहोस भएका जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपर अस्पतालमा पुर्याउँदा चिक्तिसकले मृत घोषणा गरेका थिए । घटना पश्चात फरार छोरालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कमेन्ट गर्नुस्

