
कैलाली,१४ बैशाख । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुरा अमरगढी नगरपालिका २ का ३१ वर्षीय सुरेश अवस्थीलाई रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, २० वर्षीया युवतीले धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्दै दिएको जाहेरीको आधारमा सुरेशलाई पक्राउ गरिएको हो ।
आरोपीलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

