


काठमाडौं,१५ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दुवैविरुद्ध विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार, झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यको मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको अनियमितता गरेका छन्।
आरोपपत्रमा उल्लेख भएअनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी बिल भर्पाइ तयार गरी प्रधानाध्यापक र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएका छन्।
त्यसैगरी, विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरिएको र आर्थिक वर्ष २०७७र७८ देखि १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

