


भैरहवा,१६ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयले सहुलियत मूल्यमा औषधि उपलब्ध गराउनका लागि फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ।
बुधवारदेखि पालिकाको मणिग्राम बजारमा ‘सुलभ फार्मेसी’ नामबाट संचालनमा आएको उक्त फार्मेसीमा औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेखितभन्दा १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ।

बजारका अन्य फार्मेसीहरुले सामान्यतया १० प्रतिशत मात्र छुट दिने गरेकोमा यहाँ नागरिकले बढी सहुलियत पाउने बताइएको छ।
नगर प्रमुख रामकृष्ण खाणले संचालनमा ल्याइएको फार्मेसीबाट विपन्न नागरिकलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी आर्थिक वर्षदेखि सुलभ प्याथोलोजी सेवासमेत सञ्चालन गर्ने तयारी भइरहेको छ।

