


काठमाडौं,१६ बैशाख। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) इ–बिडिङ ह्याक प्रकरणमा संलग्नताको आरोपमा थप एक जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली रहेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार, सरकारी बोलपत्र प्रणालीमा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रियामा प्रभाव पार्ने गतिविधिमा उक्त निर्माण कम्पनीको समेत संलग्नता देखिएपछि अध्यक्ष गौलीलाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कम्पनी र ह्याकिङमार्फत सरकारी ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने समूहबीच मिलेमतोको संकेत भेटिएको सीआईबीका एसएसपी शिव श्रेष्ठले जनाए ।

