
काठमाडौं,२२ वैशाख। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई पक्राउ गरेको छ ।
ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट ४५ वर्षीय जोशीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले जनाए ।
Advertisement

Advertisement
Advertisement

स्मार्ट टेलिकमले नवीकरण नगरेकोले ०८० वैशाख ३ गते अनुमति पत्र स्वतःरद्द भएपछि बन्द रहेको छ ।
बन्द भएपछि टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका जोशीमाथी सोही सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरी ठगी तथा अपराधिक विश्वासघात गरेको आरोप छ ।

