


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको बताएको छ ।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको विषयमा मन्त्री निशा मेहताले छानबिन गर्न निर्देशन दिएकी हुन्। जसपश्चात गत वैशाख १५ गत छानबिन समिति गठन गरिएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख, भुक्तानी विवरणलगायत सम्बन्धित कागजातको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

