
भैरहवा,२२ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएका विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचको क्रममा भन्सार छलेर ल्याइएका २७ लाख ८० हजार बढी मूल्य बराबरको कपडा, कसमेटिक्स, किराना सामग्री, कुखुरा, केरा, पटका लगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, बुटवल उपमहानगरपालिका, रोहिणी गाउँपालिकालगायत क्षेत्रबाट उक्त सामग्रीहरु बरामद भएको छ । साथै, उक्त सामान ढुवानीमा प्रयोग गरिएका मोटरसाइकलहरु समेत नियन्त्रणमा लिइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

