
सलमान खान
भैरहवा । भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा (भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको) संचालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। केही महिना अघि संचालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै क्यासिनो खेल्दै आएको गुनासो थियो ।
Advertisement

Advertisement
Advertisement


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मंगलबार राती क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको उनले बताए ।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौं, ललितपुर, गुल्मी, पर्साका एक-एक जना रहेका छन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यी हुन् क्यासिनोमा जुवा खेलाउने कार्यमा पक्राउ परेकाहरु :
१) जिल्ला रुपन्देही सिद्धर्थनगर नगरपालिका वडा नं. ०६ गल्लामण्डी बस्ने वर्ष २२ को अभय कुमार गुप्ता ।
२) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.२ बस्ने वर्ष २६ को सुशान्त अधिकारी ।
३) जिल्ला रुपन्देही ओमसतिया गा.पा. वडा नं. ०२ बस्ने वर्ष २९ को निक्षेद नेपाल ।
४) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने वर्ष २८ को संजय शाक्य ।
यी हुन् क्यासिनोमा जुवा खेल्ने कार्यमा पक्राउ परेकाहरु :
१) जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. १३ बस्ने बर्ष ५० को जिवन थापा ।
२) जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने बर्ष ३२ को अकाश गुप्ता ।
३) जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं. ५ खैरनी बस्ने बर्ष ३३ को सुनारी मगर ।
४) जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४२ को नेत्र पोख्रेल ।
५) जिल्ला रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. ३ बस्ने बर्ष २९ को अब्दुल कलाम जोलहा ।
६) जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष ५८ को अभिषेक शर्मा ।
७) जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने बर्ष ४४ को शिव पाण्डे ।
८) जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ बस्ने बर्ष ५० को बाबुराजा महर्जन ।
९) जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३४ को रोहन बि.क. भन्ने तिल बहादुर बि.क. ।
१०) जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ४४ को जंग कुमार अग्रवाल ।
११) जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को निरज गुप्ता ।
१२) जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २१ को सुरज जयसवाल ।
१३) जिल्ला रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ५ बस्ने बर्ष १८ को रमेश यादव ।
१४) जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३८ को निर्मल बस्याल ।
१५) जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को भरत थापा ।

