
भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रुपन्देहीका वरिष्ठ उद्योगी राजेशकुमार अग्रवाल निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार, १ हजार ८२ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
करिब तीन दशकदेखि उद्योग–व्यवसायमा सक्रिय अग्रवाल यसअघि पनि सोही पदमा रहेर काम गरिसकेका छन्। उनले सिद्धार्थ उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै महासंघको अघिल्लो कार्यसमितिमा उद्योग समितिको सभापति समेत भएका थिए।
Advertisement

Advertisement
Advertisement

अर्घाखाँची सिमेन्ट लिमिटेडसहित श्री स्टिल्स, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक अग्रवाल निजी क्षेत्रका स्थापित उद्योगी हुन्। उद्योगसँगै उनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि दशकौंदेखि योगदान दिँदै आएका छन्।
मुलुकको अर्थतन्त्र सुदृढ बनाउन र रोजगारी सिर्जनामा पुर्याएको योगदानका लागि अग्रवाल विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्। ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित उनी इमान्दार, मृदुभाषी र सहयोगी स्वभावका कारण सबैका लागि विश्वासिला नेतृत्वकर्ताका रुपमा चिनिन्छन्।
र, यो पनि…
एफएनसीसीआईको उपाध्यक्षमा शर्मा, सदस्यमा सुरज र उज्जवल

