
भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगरतर्फको उपाध्यक्षमा भैरहवाका व्यवसायी कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित शर्मा सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष हुन् ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ९ सय ७ मत प्राप्त गरी भैरहवाका युवा उद्यमी सुरज उप्रेती निर्वाचित भएका छन्।इन्जिनियर समेत रहेका उप्रेती रुपन्देहीमा होटल, रियल स्टेट, बैंक तथा बित्तीय संस्था, शिक्षण संस्था, खाद्यन्न लगायतका व्यवसायमा छन् ।
यस्तै प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ पनि महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन्। मतपरिणाम अनुसार श्रेष्ठले १ हजार १ सय ५६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। पंचकन्या समूहको पछिल्लोपटक मुख्य जिम्मेवारी सम्हालिरहेका श्रेष्ठ यसअघि पनि सोही पदमा निर्वाचित भएर काम गरेका थिए।

