
काठमाडौं,२४ बैशाख। नेपालको स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ ।बिहीबार सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ। बुधबार ५ हजार ८०० रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

