
भैरहवा, २४ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको विभिन्न स्थानबाट ३ लाख बढी मूल्य बराबरको कपडा, मोटरपार्टस, कुखुरा लगायतका सामग्री बरामद गरेको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार, बरामद सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।
कमेन्ट गर्नुस्

