
मर्चवार,२४ बैशाख । रुपन्देहीको मर्चवारमा जबरजस्ती करणी (बलात्कार) प्रकरणमा श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका आरोपी कर्मचारीलाई निलम्बित गरिएको छ ।
विद्यालयका सहायक लाइब्रेरियन विकास यादवले सोही विद्यालयमा अध्यनरत एक छात्रालाई जबरजस्ती करणी गरेको विषयमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि विद्यालय व्यवस्थापन समितिले यादवलाई निलम्बित गरेको हो ।
Advertisement

Advertisement
Advertisement

विद्यालय व्यवस्थापन समितिको ०८३ बैशाख २३ गतेको निर्णयअनुसार कर्मचारी यादवलाई निलम्बन गरिएको विद्यालयले कर्मचारी यादवको नाममा जारी गरेको पत्रमा उल्लेख छ ।
विद्यालयको आधिकारिक सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा भनिएको छ–‘इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीको च.नं. १२४१ मिति २०८३/०१/२२ गतेको पत्र अनुसार तपाई श्री विकाश यादवमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेकोले अनुसन्धानको निष्कर्ष नआउन्जेल सम्मका लागि वि.व्य.स.को मिति २०८३/०१/२३ गतेको निर्णय अनुसार तपाइलाई सहायक लाइब्रेरियन पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र आरोपी कर्मचारी फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
घटनापश्चात मर्चवारीमाई गाउँपालिकाको कार्यालयले विद्यालयलाई पत्राचार गर्दै घटनाबारे विस्तृत जानकारी माग गरेको थियो। गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै दोषी ठहर भए कारवाही हुनुपर्ने बताए ।

