
भैरहवा, २५ बैशाख । प्रहरीले गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार, बिहीवार बिहान साढे २ बजे बुटवल उपमनपा-३ तल्लो सिद्धबाबा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बा.प्र.०३-००१ च २८४२ नम्बर गाडीमा रहेको ६ वटा गोरुसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
Advertisement

Advertisement
Advertisement

गाडी चालक गोरखा पालुङटार नगरपालिका-२ का ४१ वर्षीय दुर्गा दर्जी र सहचालक ३६ वर्षीय नविन परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

