
भैरहवा,३१ बैशाख। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार, जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छलेर भित्राइएको ५ लाख ६३ हजार बढी मूल्य बराबरको कपडा, कुखुरा, खाद्यन्न लगायत सामग्री बरामद भएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सिद्धार्थनगर नगरपालिका, रोहिणी र मायादेवी गाउँपालिकाको विभिन्न स्थानबाट बरामद भएको उक्त सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

