
भैरहवा, ३१ बैशाख। नेपाल सेनाको भैरहवास्थित श्री काली भक्ति गणमा कार्यरत कर्मचारीहरुलाई सडक सुरक्षा ट्राफिक नियमको पालना एवं दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
बिहीवार आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीले त्यहाँ कार्यरत ७० जनालाई प्रशिक्षण दिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।

