


भारत,३१ बैशाख । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।
आन्तिरक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न तथा आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

द टाइम्स अफ इन्डियाका अनुसार, भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी) ले बुधबार सूचना जारी गर्दै कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति ‘रिस्ट्रिक्टेड’ बाट ‘प्रोहिबिटेड’ मा परिवर्तन गरेको जनाएको हो। यो प्रतिबन्ध आगामी सेप्टेम्बर ३०, २०२६ सम्म वा अर्को आदेश नआएसम्म लागू रहने बताइएको छ।
सरकारले आन्तिरक उत्पादन घट्ने चिन्ता तथा स्थानीय बजारमा मूल्य वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ।भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा प्रमुख निर्यातकर्तामध्ये एक हो।
यद्यपि, युरोपियन युनियन र अमेरिकालाई कोटा प्रणाली अन्तर्गत हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने जनाइएको समाचारमा उल्लेख छ।

