


भैरहवा,३१ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै व्यवसाय, पसल, उद्योग तथा सेवा प्रदायक संस्थालाई उपभोक्ताले सहज रुपमा जानकारी पाउने गरी मूल्यसूची राख्न निर्देशन दिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा व्यवसाय स्थलमा बिक्री वितरण हुने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची सबैले देख्न सक्ने स्थानमा राख्नुपर्ने उल्लेख छ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।
हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्

