
काठमाडौं,१ जेठ। नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार रुपैयाँले घटेर आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० कायम भएको छ। बिहीबार प्रतितोला सुन ३ लाख २ हजार ५०० रुपैयाँ किनबेच भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सोही परिमाणको चाँदी ५ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट गर्नुस्

