
भैरहवा, १ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २२ वर्षीय दिपेश थारु र तिलोत्तमा नगरपालिका–१४ निवासी ३२ वर्षीय रबिन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बिहीबार बेलुकी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले लु ७ प २०९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेकाहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल तथा बुप्रेनोर्फिन ४ एम्पुल बरामद गरिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

