


भैरहवा,१ जेठ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमवामा अवैध रुपमा माटो उत्खनन तथा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी सुक्रौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अवैध रुपमा माटो उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा उक्त सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा लु ४ त ९२९९ नम्बरको ट्रयाक्टर लोडर, लु ४ त ८९६३, लु २ त ९१४३, लु ४ त ६०४१ नम्बर र एउटा नम्बर नखुलेको ट्रयाक्टर रहेका छन्।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

