


काठमाडौं, १ जेठ। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश सरकारहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

मौजुदा औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामै उपयोग गरी सार्वजनिक खर्च घटाउन आग्रह गरिएको छ। साथै अत्यावश्यक अवस्था बाहेक कुनै पनि नयाँ सामग्री खरिद नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

