
भैरहवा,३ जेठ। रुपन्देही जिल्लामा गएको बैशाख महिनामा मात्रै २३ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको बैशाख महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४६(६० वर्ष उमेरसमूहका २३ जना व्यक्तिले आत्महत्या गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, २० जनाले झुण्डी र ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेका हुन्। जसमध्ये १८ जना पुरुष र ५ जना महिला रहेका छन् ।
आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ६ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ८ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५ जना र ४६ देखि ६० वर्ष उमेरसमूहका ३ जना रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
गत चैत महिनामा रुपन्देहीमा २० जनाले आत्महत्या गरेका थिए।

