

वीरगन्ज,४जेठ। प्रहरीले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ।
प्रसाईंलाई वीरगन्जको आदर्शनगरस्थित दियालो होटलबाट फेरि सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले अफवाह फैल्याएको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।
Advertisement

Advertisement
Advertisement
मंगलबार हुने एक कार्यक्रममा सहभागी हुन प्रसाईं वीरगन्ज पुगेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। पटक पटक पक्राउ पर्दै आएका उनी अदालतबाट छुट्दै आएका छन् ।





