
वीरगन्ज,४जेठ। प्रहरीले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ।
प्रसाईंलाई वीरगन्जको आदर्शनगरस्थित दियालो होटलबाट फेरि सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले अफवाह फैल्याएको आरोपमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मंगलबार हुने एक कार्यक्रममा सहभागी हुन प्रसाईं वीरगन्ज पुगेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो। पटक पटक पक्राउ पर्दै आएका उनी अदालतबाट छुट्दै आएका छन् ।

