


काठमाडौं,५ जेठ। प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानी (पासपोर्ट) सहित एक जनालाई एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१३ का ३८ वर्षीय अजित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं एसपी राजकुमार सिलवालका अनुसार, आधिकारिक स्वीकृति एवं पत्रबिना ३७ थान राहदानीका साथ नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनले पक्राउ परेका श्रेष्ठले रोमानियाको भिसा प्रक्रियाका लागि उक्त राहदानीहरु लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

