


भैरहवा, ५ जेठ । नेपाली कांग्रेसको रुपन्देहीका नेता/कार्यकर्ताले सामुहिक रुपमा पार्टीबाट राजीनामा दिएका छन्। मंगलबार पार्टी परित्याग गर्दै उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
कांग्रेसका सिद्धार्थनगर सभापति कोसिसबहादुर खड्का, केन्द्रीय महाधिवेश प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनगरका अध्यक्ष दीपेन्द्र बुढाप्रिति, कांग्रेस सिद्धार्थनगरका उपसभापति किरण केसी, सिद्धार्थनगर सहसचिव कृष्ण साहानी चाई, नेपाल विद्यार्थी संघ रुपन्देहीका उपसभापति आकाश पौडेल लगायतले सामुहिक राजीनामा दिएका हुन्। राजीनामा पत्रमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगरका सभापति प्रतिक भण्डारीको नाम उल्लेख रहेपनि उनको दस्तखत भने छैन।

पार्टीबाट सामुहिक राजीनामा दिदैं उनीहरुले भनेका छन्– ‘जरा अभियान गराउँदै गर्दा तथा पार्टीलाई एक ढिक्का गर्ने नाममा पुरानै कार्यशैलीमा पुरानै र अनपेक्षित व्यक्तिहरुलाई पोषण गर्ने देखिएको र पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच देखिएको असन्तुलन, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति गम्भीर असहमति रहेको र पटकपटक आफ्ना धारणा र सुझाव जिल्ला प्रदेश तथा केन्द्रीय स्तरमा राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको अनुभूति भएपछि हामी सम्पूर्ण नेपाली कांग्रेसका सिपाहीहरु सदस्यता त्याग गर्ने निर्णयमा पुगेका छौं।’
हेर्नुहोस् पत्र :



