
भैरहवा, ६ जेठ। लुम्बिनी प्रदेशमा पछिल्लो महिनामा मात्रै १ सय ३४ जनाले आत्महत्या गरेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको बैशाख महिनाको विवरण अनुसार, १६ वर्षमुनी देखि ६० वर्षमाथी उमेरसमूहका१ सय ३४ जनाले आत्महत्या गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं एसएसपी शारदा प्रसाद चौधरीका अनुसार, १२१ जना जनाले झुण्डी, १० जनाले विष सेवन गरी, हामफालेर, आगो लगाएर र औजार तथा हातहतियारको प्रयोग गरेर १ १ जनाले आत्महत्या गरेका हुन् । जसमध्ये ६६ जना पुरुष र ६८ जना महिला रहेका छन् ।
आत्महत्या गर्नेमा १६ वर्षमुनिको १८ जना, १६ देखि २५ वर्ष उमेरसमूहका ३१ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ३९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ३१ जना, ४६ देखि ६० वर्ष उमेरसमूहका १२ र ६० वर्षमाथी उमेरसमूहका ३ जना रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ। विभिन्न कारणले उनीहरुले आत्महत्या गरेको बताइएको छ ।

