
भैरहवा, ७ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराको सिमरामा रहेको डाबर नेपाल प्रालिद्वारा उत्पादित मह (हनी) गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
बजार अनुगमनको क्रममा उद्योगद्वारा उत्पादित महको नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको विभागले जनाएको छ
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विभागका अनुसार, उद्योगबाट उत्पादित ५०० ग्रामको (ब्याच नं. एनबी००४७७) ‘हनी’ परीक्षणको क्रममा न्यूनस्तरको पाइएको छ ।
उत्पादित मह न्यूनस्तरको पाइएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउनका साथै बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।
त्यस्तै केही दिन अघि अनुगमनको क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागले आदेश दिएको थियो ।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि अनुगमनको क्रममा गुणस्तरहीन पाइएको थियो ।


