
काठमाडौं,९ जेठ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अरोपमा प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेशका २४ वर्षीय छोटुलाल जांगिड र सोही प्रदेशका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, ललितपुर महानगपालिका–१४ खुमलटारको एक बालिकालाई फकाएर दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

