
काठमाडौं,१२ जेठ। प्रहरीले ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नविन खड्का रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा काठमाडौंको खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यालयका अनुसार, खानतलासीका क्रममा विभिन्न कम्पनीका ६ करोड मूल्य बराबरका बिलबिजक नभएको २८ हजार ५०० वटा भेप बरामद भएको हो। पसल संचालक खड्कालाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

