


भैरहवा,१२ जेठ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित साई ग्लोबाल कलेजमा अध्यनरत विद्यार्थीहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ।
कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीले कलेजमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित रुपमा सडक प्रयोग गर्ने तरिका, ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरणका उपाय तथा सचेत नागरिकको भूमिकाबारे जानकारी गराएकी थिइन्।

साथै, सडक प्रयोग गर्दा अपनाउनुपर्ने व्यावहारिक सावधानी सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको छ ।
प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुमा ट्राफिक सचेतना अभिवृद्धि हुनुका साथै सुरक्षित सडक संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

