


काठमाडौं,१२ जेठ । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका–१५ का १९ वर्षीय सुरज राई रहेका रहेको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिका–१२, लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय लगनखेल खटिएको टोलीले नक्कली नोटसहित राईलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ परेका राईको साथबाट ५०० दरका १६ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद सबै नोटहरुमा ज/१३ ६८६४२७ नम्बर उल्लेख रहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

