
भैरहवा, १६ जेठ । भारतमा अलपत्र परेका ४ सय ५३ जना नेपाली नागरिकहरुको उद्दार गरेर भैरहवा ल्याइएको छ।
रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर जिल्लामा अलपत्रमा परेका उनीहलाई भारतस्थित नेपाली राजदूतावास र भारतीय प्रहरीको समन्वयमा उद्दार गरी शनिवार भैरहवा ल्याइएको प्रहरीले जनाएको छ । उद्दार गरिएका ल्याइएका नेपाली नागरिकहरु विभिन्न जिल्लाका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार, उद्दार गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका उनीहरुलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ । नेटवर्किंङ व्यवसायमा राम्रो आम्दानीको प्रलोभनमा उनीहरु भारत पुगेका थिए ।

