


काठमाडौं,१७ जेठ । नेपालको स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। सरकारले सुनको भन्सार दर बढाएपछि आइतबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको हो।
सुनको भन्सार महशुल दर १० प्रतिशत रहेकोमा सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमा बढाएर २० प्रतिशत पुर्याएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनप्रति तोला ३ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। गत शुक्रबार ५ हजार ४० रुपैयाँ प्रतितोला चाँदी आज ५ हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

