Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाको समृद्धि इन्टरप्राइजेजको बदमासी: रकम असुल्ने, नामसारी नगर्ने
    अर्थ

    भैरहवाको समृद्धि इन्टरप्राइजेजको बदमासी: रकम असुल्ने, नामसारी नगर्ने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ जेष्ठ १९, मंगलवार १३:१६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ जेठ । रुपन्देहीको भैरहवास्थित महिन्द्रा गाडीको विक्रेता समृद्धि इन्टरप्राइजेजबाट आफुहरु ठगिएको पीडितहरुले गुनासो गरेका छन्।

    पीडितहरुले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर समृद्धि इन्टरप्राइजेजले वर्षौ अघि गाडीको सम्पूर्ण रकम लिएर गाडी नामसारी नगरी ठगी गरेको बताएका छन्। थुप्रै व्यक्तिहरुलाई इन्टरप्राइजेजका संचालक दीपक श्रेष्ठले पैसा लिएर गाडी बेचेको तर नामसारी नगरी बिचल्लीमा पारेको उनीहरुको दावी छ । संचालकले विक्री गरेका गाडीहरुको भैरहवास्थित ग्लोबल आइएमई बैंकबाट ऋण लिएको उनीहरुको भनाई छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘मैले ०८० कार्तिक १३ गते समृद्धि ईन्टरप्राईजेजलाई सबै रकम दिएर महिन्द्रा कम्पनीको बोलेरो पिकअप गाडी किनेको थिए, मैले बैंकबाट एक रुपैयाँ ऋण पनि लिएको छैन’, सिद्धार्थनगर नगरपालिका १० का गौतम यादवले पत्रकार सम्मेलनमा भने,‘जसपश्चात गाडी नामसारीका लागि मैले पटक–पटक विक्रेतालाई आग्रह गरे तर उहाँ (दीपक श्रेष्ठ) ले नामसारी गरिदिनु भएको छैन । मैले विक्रेतालाई सबै पैसा तिरेपनि अहिले मेरो गाडी बैंकले लगेर मलाई बिचल्लीमा पारिएको छ ।’

    सियारी गाउँपालिका–६ का माधव चौधरीले आफुले पनि गाडीको सबै पैसा तिरेपनि अहिलेसम्म गाडी नामसारी नभएको गुनासो पोखे। ‘मैले गाडी खरिद गरेको करिब ५ वर्ष भयो र मैले सयौ पटक नामसारी गरिदिनका लागि आग्रह गरेपनि विक्रेताले नामसारी गरेका छैनन्’,उनले भने,‘जसकारण बैंकले मलाई पटक पटक मानसिक पीडा दिइरहेको छ।’

    त्यस्तै दाङका मिनराज अधिकारी र सोमप्रसाद चौधरीले आफुहरुले ०७६ कार्तिक २५ गाडी खरिद गरेपनि हालसम्म नामसारी नगरी विक्रेताले दुःख दिइरहेको बताए।

    ‘बैंकबाट विक्रेता कम्पनीले ऋण लिएको हो, हामी लिएका होइनौं’,पीडितहरुले भने,‘बैंकले ऋणीलाई सम्पर्क गर्ने हो, कानुनी प्रक्रिया उसैमाथी अगाडी बढाउने हो तर बैंकले हामी सबै पैसा दिएर गाडी खरिद गरेकाहरुलाई मानसिक पीडा दिइरहेको छ।’

    यता समृद्धि इन्टरप्राइजेजका संचालक दीपक श्रेष्ठसँग प्रतिक्रियाका लागि ९८५७०२०… नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ रहेको र प्रतिष्ठान समेत बन्द रहेकोले उनीसँग सम्पर्क हुन सकेन ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    महिन्द्रा गाडी समृद्धि इन्टरप्राइजेज
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.