


भैरहवा, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जना भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।

एमालेले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ।
नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।

