
काठमाडौं,२० जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन्। सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार पूर्वाग्रही ढंगले अघि बढिरहेको आरोप लगाए।
‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला’,उनले भने,‘राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका उनले विभिन्न राजनीतिक शक्तिहरुको भूमिका र पछिल्ला घटनाक्रमलाई सही ढंगले बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र संगठित बनाउने बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताए। साथै, भदौ २३/२४ गते भएको आक्रमणलाई राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको जिकिर गरे।
ओलीले गत फागुनमा भएको निर्वाचनलाई ‘तमासा’को संज्ञा दिँदै त्यसको परिणाम पूर्वनिर्धारित रहेको आरोपसमेत लगाए।
कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरु सहभागी छन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरु, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरु, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरुउपस्थित रहेको एमालेले जनाएको छ ।
कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।

