
भैरहवा,२१ जेठ। रोजगारीको प्रलोभनमा नेपालीलाई भारतमा लगेर ठगी गरेको आरोपमा प्रहरीलाई ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा डोटीको शिखर नगरपालिका-११ का २३ वर्षीय सिताराम बोहरा, ओखलढुङगाको चम्पादेवी गाउँपालिका-१० का ३० वर्षीय अनिल बुढाथोकी, रोल्पाको मुड्केचुला गाउँपालिका-१ का २३ वर्षीय अमनलाल बुढा, डोल्पाको ठुलिभेरी नगरपालिका-५ का २१ वर्षीय दिनेश बुढा र नवलपुरको कावासोती नगरपालिका-१ का ४५ वर्षीय कमल गिरी नेपाल रहेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आरोपितहरुले रोजगारीको प्रलोभनमा नेपाली नागरिकहरुलाई भारतको कुशीनगरमा बोलाएर अलपत्र पारेको अवस्थामा केही दिन अघि ४५३ जनालाई नेपालीहरुलाई त्यहाँ उद्दार गरेर स्वदेश ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार, घटनाको अनुसन्धानको क्रममा ५ जना ठगीमा संग्लनता देखिएपछि उनीहरुविरुद्ध ठगी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको छ।
यस्तै भारतको कुशीनगर प्रहरीले पनि घटनाको अनुसन्धानको क्रममा ९ जना नेपाली र एक जना भारतीयसहिच १० जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । नेटवर्क मार्केटिङमा राम्रो कमाई हुने प्रलोभनमा नेपालीलाई भारतमा बोलाएर ठगी गर्ने गरिएको आरोप छ । भारतको विभिन्न सहरमा नेटवर्क मार्केटिङमा नाममा वर्षौदेखि ठगीधन्दा चल्दै आएको छ।
र, यो पनि…
भारतमा नेपाली ठगी प्रकरण: कुशीनगरमा १० जना पक्राउ

