
कुशीनगर, १९ जेठ । भारतको कुशीनगर जिल्लामा नेटवर्किङ कारोबारको नाममा नेपाली नागरिकलाई ठगी गरेको आरोपमा भारतीय प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
भारतको कुशीनगरका एसपी केशव कुमारका अनुसार, नेपाली नागरिकहरुलाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कुशीनगर प्रहरी, स्वाट टिम, सर्भिलान्स सेल र एसटीएफ गोरखपुरको संयुक्त टोलीले छापा मारेर ९ जना नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
रोजगारीको र आकर्षक आम्दानीको प्रलोभनमा पारेर त्यहाँ रहेका ४५३ जनालाई नेपाली नागरिकहरुको उद्दार गरेर शनिवार नेपाल ल्याइएको थियो। जसपश्चात यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि १९ जनामाथी अनुसन्धान जारी राखेको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट नक्कली आधार कार्ड, ल्यापटप, सुन-चाँदीका गहना, भारतीय रुपैयाँ, नेपाली रुपैयाँ लगायत बरामद भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी कुमारले जनाए ।

