
भैरहवा,२२ जेठ। अत्यधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या उत्पन्न भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयमा ६ दिन बिदा दिने निर्णय गरेको छ।
तिलोत्तमा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै जेठ २४ गते गतेदेखि जेठ २९ गतेसम्म नगरभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको जनाएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नगरपालिकाका अनुसार, पछिल्ला केही दिनयता बढ्दो गर्मीका कारण विद्यालयमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको भन्दै वार्षिक बिदाबाट मिलान हुने गरी बिदा दिने निर्णय गरिएको हो।

