
काठमाडौं,२२ जेठ। गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका सात जना डीआईजीहरुको सरुवा र सात जनाको पदस्थापन गरेको छ ।
सरुवा सूची अनुसार, डीआईजी विष्णुप्रसाद भट्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारी ५ विन्ध्यवासिनी मुख्यालय, कृष्णराज पाठकलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै डीआईजी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्यूरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै डीआईजी दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा पदस्थापन गरिएको छ।
प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बहिनी मुख्यालय कास्की, राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ।

