


सिन्धुली,२२ जेठ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर तथा भिडियो सम्पादन गरेर सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २२ वर्षीय हर्कबहादुर स्याङ्तान रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका सूचना अधिकारी एवं डीएसपी विजय श्रेष्ठका अनुसार, पक्राउ परेका व्यक्तिले चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको भिडियो तथा तस्बिरलाई एआईको माध्यमले सम्पादन गरी फेसबुकमा प्रहरीको दुष्प्रचार गरेका थिए।
घटनामा संलग्न आरोपमा स्याङ्तानलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

