


भैरहवा,२३ जेठ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवास रहेका छन् ।
भैरहवाबाट बुद्ध एयरको उडान नम्बर यू४ ८६० मार्फत काठमाडौं जाने क्रममा ७ हजार ९५ हजार भारतीय रुपैयाँसहित श्रीनिवासलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार, आन्तरिक टर्मिनलमा उनको साथमा रहेको झोला जाँच गर्दा ५ सय दरका १ हजार ५९० वटा भारतीय रुपैयाँका नोट बरामद भएको हो । भारतीय नागरिकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

